२०८३ बैशाख ४ गते , शुक्रबार

झापा आएर प्रचण्डले दिए दुई बुँदे सहमतिप्रति यस्तो सफाई

sajilo news
झापा
२०८२ जेष्ठ ३१ गते , शनिबार
झापा आएर प्रचण्डले दिए दुई बुँदे सहमतिप्रति यस्तो सफाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अधिवेशन खुलाउनुका कारण बारे खुलासा गरेका छन् । शनिवार झापाको कमल गाउँपालिकामा आयोजित पाँच जातीय मोर्चाको राष्ट्रिय अधिवेशनको संयुक्त उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संसद् अधिवेशन खुलाउनुको चार कारण बारे खुलासा गरेका छन् ।‘

संसद् अधिवेशन अवरुद्ध थियो, सरकारले अध्ययन छानबिन समिति बनाएर एक महिना भित्र गर्न तयार भएपछि संसद् अधिवेशन खोलेर बहस गर्न तयार हुनुपर्छ, किनकि त्यहाँ भित्र जनताका कतिपय मुद्दा छन्,‘उनले भने,  म तपाईंहरुलाई विशेष रूपले भन्न चाहन्छु म प्रधानमन्त्री हुँदा धेरै मेहेनत गरेर सदनमा पुर्‍याएको त्यो सङ्घीय निजामती ऐन अन्तिम चरणमा छ त्यसलाई पारित गरिछाड्नु छ सङ्घीयतालाई सुदृढ बनाउनका लागि, त्यो दायित्व पनि हाम्रो छ ।’

उनले दुई बुँदे सहमति गरेर संसद् अधिवेशन खुलाउनु पर्ने अन्य कारणहरूमा शिक्षा विधेयक, नागरिकतासम्बन्धि समस्या र शान्ति सम्झौता सँग सम्बन्धी केही महत्त्वपूर्ण कुराहरूको टुङ्गो लगाउनु पर्ने रहेको बताए ।

माओवादीप्रति जनताको विश्वास ह्वात्तै बढेको देखेर चौतर्फी घेराबन्दी भइरहेको प्रचण्डले बताए  माओवादीलाई बदनामी गराउन नियोजित षड्यन्त्र भइरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार