रास्वपा कचनकवलको सभापतिमा गोपाल र सचिवमा वर्षा
कचनकवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कचनकवल गाउँपालिका समितिको सभापतिमा गोपाल लामिछाने निर्विरोध चयन भएका छन् ।
कचनकवल गाउँपालिकामा शनिबार सम्पन्न पहिलो अधिवेशनले सभापतिमा लामिछानेलाई निर्विरोध चयन गरेका हुन । समितिको उपाध्यक्षमा भोलाशंकर राजवंशी, सचिवमा वर्षा खतिवडा, तथा सदस्यहरूमा हरिप्रसाद सिटौला, यामबहादुर थापा, चन्द्रशंकर अधिकारी, पूजा भण्डारी कोइराला र उमेश राजवंशी चयन भएका छन्।
त्यसैगरी, जिल्ला अधिवेशनका लागि राजमणि दाहाल, कुमारी अधिकारी, राजन घिमिरे र अनिरुद्र तिम्सिना प्रतिनिधि चयन भएका छन्। प्रदेश अधिवेशनका लागि तिलकसिंह राजवंशी र महाधिवेशन प्रतिनिधिका रूपमा नीरज दाहाल चयन भएका छन्।
कार्यक्रमको उद्घाटन कचनकवल वडा नम्बर १ का सभापति मानबहादुर लिम्बूको स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता कार्यवाहक पालिका सभापति वर्षा खतिवडाले गरेकी थिइन्। प्रमुख आकर्षणका रूपमा पार्टीकी केन्द्रीय सदस्य तथा प्रभावशाली वक्ता ज्वाला सङ्ग्रौलाले विशेष सम्बोधन गरेकी थिइन्।