२०८३ बैशाख ४ गते , शुक्रबार

तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार

sajilo news
रासस
२०८२ असार १ गते , आईतबार
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार

काठमाडौँ।  इजरायली रक्षा बल (आइडीएफ) ले इरानको राजधानी तेहरानको सैन्य ठेगानामाथि हवाई आक्रमण गरिरहेको जनाएको छ। यसबिच, इजरायली जनतालाई सतर्क रहन र अलार्म बजेपछि सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।

रक्षा बलले इरानबाट प्रहार गरिएका मिसाइलहरू रोक्न हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ। यसैबिच, इरानको सरकारी टेलिभिजनले ‘ट्रु प्रमिस’ नामक कारबाहीअन्तर्गत दोस्रो लहरमा १०० वटा मिसाइल प्रहार गरिएको दाबी गरेको छ। स्थिति थप तनावपूर्ण बन्दै गइरहेको छ भने दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी रहेको बीबीसीले जनाएको छ। 

सम्बन्धित समाचार