२०८३ बैशाख १० गते , विहीबार

हल्दिवारीमा छिमेकीमाथि दाउ प्रहार गर्ने युवक पक्राउ

sajilo news
झापा
२०८२ असार १ गते , आईतबार
हल्दिवारीमा छिमेकीमाथि दाउ प्रहार गर्ने युवक पक्राउ

झापाको हल्दिवारीमा छिमेकीलाई दाउ प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । गएराति १० बजे हल्दिवारी गाउँपालिका ३ कुनावारि बस्ने २८ वर्षीय समीर गुरुङलाई सोही ठाउँ बस्ने २६ वर्षीय दावा गुरुङले दाउले प्रहार गरी घाइते बनाएका हुन् ।

घाइते समीरलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । दाउ र दाउ प्रहार गर्ने दावालाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा ५ दिन म्याद लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार