जेठमा प्रशासन कार्यालय झापाले उठायो ९७ लाख ३४ हजार राजश्व
जिल्ला प्रशासन कार्यालय झापाले जेठ महिनामा विभिन्न शीर्षकबाट ९७ लाख ३४ हजार ५५० रुपैयाँ राजश्व सङ्कलन गरेको छ । प्रशासन कार्यालयले सार्वजनिक गरेको मासिक विवरण अनुसार राहदानी शुल्कबाट ९४ लाख ९१ हजार रुपैयाँ सङ्कलन गरेको छ । अन्य प्रशासनिक शुल्कबाट २ लाख १० हजार ५० रुपैयाँ र हातहतियार इजाजत पत्र दस्तुरबाट ३३ हजार ५ सय रुपैयाँ सङ्कलन भएको सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईँले जानकारी दिए ।
झापा जिल्ला प्रशासनले जेठ महिनामा नयाँ नागरिकता (वंशज) १९०१, वैवाहिक नागरिकता ४७, गैर आवासीय नागरिकता ५, नागरिकताको प्रतिलिपि १२८०, नाबालक परिचय पत्र ७६, राहदानी आवेदन सङ्कलन १८३४, राहदानी वितरण १५१२, राष्ट्रिय परिचय पत्र संकलन ५७१२, वितरण ४५४४ जनालाई गरिएको छ । यस्तै, विभिन्न जातजाति प्रमाणित ३८ जना र संघ संस्था दर्ता तथा नवीकरण ४७ वटा गरिएको जनाइएको छ ।