२०८३ बैशाख १० गते , विहीबार

दमक र बिर्तामोडमा लागूऔषधसहित दुईजना पक्राउ

sajilo news
झापा
२०८२ असार १ गते , आईतबार
दमक र बिर्तामोडमा लागूऔषधसहित दुईजना पक्राउ

झापाको दमक र बिर्तामोडमा प्रतिबन्धित लागूऔषधसहित  दुईजना पक्राउ परेका छन् ।  दमक नगरपालिका–७ स्थित सयपत्री टोल प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार अन्दाजी ३ः४० बजेको समयमा दमक–७ हाटखोलाका १९ वर्षीय पुष्कर मगरले बोकेको कागजी झोला चेकजाँच गर्दा सो झोला भित्र बिक्री वितरण गर्ने उद्देश्यले बोकी हिँडेको प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो । 

उनको साथबाट भोमिन ३१ पत्ता (३१० पिस), ट्रामाडोल ३१ पत्ता (३१० पिस) फेला परेको प्रहरीले जनाएको छ । उक्त प्रतिबन्धित औषधी बरामद गरी पुष्कर मगर समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसै गरी आज बिहान ४ः४५ बजेको समयबाट बिर्तामोड–४ नयाँवारि टोलबाट लागू औषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही स्थानका सुगन्धा मण्डलको घरमा लागूऔषध कारोबार हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले

उनको घर खानतलासी गर्दा निज सुगन्धा छोरा बनाएर राखेका २२ वर्षीय निजाम मियाको पोकेटबाट खैरो हिरोइन फेला परेको थियो । उनको साथबाट प्लास्टिक बाहेक १ ग्राम ४४० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनिमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार