२०८३ बैशाख १० गते , विहीबार
बहिनीको प्रेमीले दिदीलाई जबरजस्ती करणी गरेपछि....
इलाममा मानसिक सन्तुलन ठीक नभएकी एक युवतीमाथि जबरजस्ती करणी भएको छ । घटना भएको आठ महिनापछि पीडितले प्रहरीलाई जाहेरी दिएका छन् ।
गत मंसिर ३० गते राति इलाम देउमाईमा मानसिक सन्तुलन ठिक नभएकी १९ वर्षीया युवतीलाई उनकै बहिनीको ब्वायफ्रेन्ड (प्रेमी)ले जबरजस्ती करणी गरेका थिए । मंगलबार जिल्ला प्रहरी कार्यालय इलाममा पीडितका बुबाले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी खटिएर पीडकको खोजतलास भइरहेको जनाइएको छ ।