२०८३ बैशाख १० गते , विहीबार

झापामा लागूऔषधका दुई फरार अभियुक्त १६ वर्षपछि पक्राउ

sajilo news
झापा
२०८२ असार ४ गते , बुधबार
झापामा लागूऔषधका दुई फरार अभियुक्त १६ वर्षपछि पक्राउ

झापाको बिर्तामोडबाट लागूऔषधका दुईजना फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-७ बस्ने १८ वर्षीया शर्मिला लिम्बू र बिर्तामोड-२ बस्ने २४ वर्षीय भूपेन्द्रसिंह राजवंशी रहेका छन् ।

झापा जिल्ला अदालतको २०६३ मंसिर २० गतेको फैसलाले १ महिना कैद भएको गर्भपतन मुद्दा र जिल्ला अदालतकै २०६६ जेठ ७ गतेको फैसलाले १ महिना ७ दिन कैद सजाय तोकिएकी लागूऔषध मुद्दामा शर्मिला लिम्बू फरार भएकी थिइन् ।

त्यस्तै जिल्ला अदालतको २०६६ जेठ ७ गतेको फैसलाले १ महिना ७ दिन कैद सजाय तोकिएका लागूऔषध मुद्दामा राजवंशी पनि फरार भएका थिए । हिजो दिउँसो ४:१५ बजे बिर्तामोड २ चारपानेबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार