अस्पतालमा क्षेप्यास्त्र हानेपछि इजरायली प्रधानमन्त्री नेतन्याहूले दिए इरानलाई यस्तो चेतावनी
बिहीवार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठूलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन्। “आज बिहान इरानका ‘आतङ्ककारी तानाशाह’हरूले सोरोका अस्पताल र नागरिकहरूमाथि क्षेप्यास्त्र प्रहार गरेका छन्। हामी तेहरानमा तानाशाहहरूलाई ठूलो मूल्य चुकाउन बाध्य पार्नेछौँ,” नेतन्याहूले बिहीवार एक्समा गरेको एक पोस्टमा उल्लेख छ।
इरानको दक्षिणी शहर बेर्शेबामा रहेको सोरोका अस्पतालमा बिहीवार बिहान दर्जनौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि आगलागी भएको थियो। अस्पतालका निर्देशक श्लोमी कोदेशले केही दिनयता खाली गरिएको सर्जिकल भवनमा आक्रमण भएको र ४० जना घाइते भएको जानकारी दिए। उनले भने, “धेरै वार्डहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र सम्पूर्ण अस्पतालमा व्यापक क्षति पुगेको छ र मेडिकल केन्द्रका भवन, झ्याल, छतलगायतका अन्य संरचनाहरूमा क्षति पुगेको छ।