२०८३ बैशाख ४ गते , शुक्रबार

कोशी सरकारले मोटरसाइकलको वार्षिक कर बढायो

sajilo news
झापा
२०८२ असार ६ गते , शुक्रबार
कोशी सरकारले मोटरसाइकलको वार्षिक कर बढायो

कोशी प्रदेश सरकारले मोटरसाइकलको वार्षिक कर बढाएको छ । कोशी प्रदेशले सवारी साधन करको रूपमा लिँदै आएको कर बढाएको हो ।यस अनुसार अब १२५ सीसीसम्मको कर यसअघि वार्षिक ३ हजार रुपैयाँ रहेकोमा एक सय रुपैयाँ बढाएर ३ हजार १ सय रुपैयाँ पु¥याइएको छ ।

त्यस्तै, १२५ देखि १५० सीसीसम्मको कर ५ हजार। रुपैयाँ रहेकोमा यसलाई बढाएर ५ हजार १ सय पु¥याइएको छ । १५० देखि २५० सीसीको मोटरसाइकलमा यसअघिको कर ६ हजार रुपैयाँ रहेकोमा यसलाई बढाएर ६ हजार २ सय रुपैयाँ पु¥याइएको छ । योभन्दा बढी क्षमताको लागि भने कर बढाइएको छैन । अहिले २५० भन्दा धेरै ४०० सीसीसम्मको मोटरसाइकलको लागि ११ हजार र सोभन्दा धेरै क्षमताको लागि वार्षिक २० हजार रुपैयाँ कर निर्धारण गरिएको छ । यो वर्ष ग्यास बुलेटको कर बढाएर २२ हजारबाट २५ हजार बनाउनुबाहेक अरू कुनै परिवर्तन गरिएको छैन ।

सम्बन्धित समाचार