२०८३ बैशाख १० गते , विहीबार
झापाको कमलमा ढुङ्गा प्रहार गरी एकजनाको हत्या
झापाको कमलमा ढुङ्गा प्रहारबाट एकजनाको हत्या भएको छ । बिहीबार साँझ ५.३० बजे कमल गाउँपालिका-४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्यविक्रम लिम्बू र सोही ठाउँ बस्ने ३७ वर्षीय देवेन्द्र लावती दुवै जनाले मादक पदार्थ सेवन गरी एकआपसमा विवाद गरेका थिए । त्यस क्रममा देवेन्द्र लावतीले ढुङ्गाले टाउकोमा प्रहार गर्दा सूर्यविक्रम लिम्बू घाइते भएका थिए ।
घाइतेलाई लाइफलाइन अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ । कुटपिट गर्ने लावतीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।