२०८३ बैशाख ४ गते , शुक्रबार

राज्यमन्त्री राजवंशीले आफ्नै निर्वाचन क्षेत्रमा ल्याए करोडौँको योजना (सूचिसहित)

sajilo news
झापा
२०८२ असार ७ गते , शनिबार
राज्यमन्त्री राजवंशीले आफ्नै निर्वाचन क्षेत्रमा ल्याए करोडौँको योजना (सूचिसहित)

झापा । कोशी प्रदेश सरकारले झापा क्षेत्र नम्बर ३ (क) मा करोडौँको योजना पारेको छ ।  कोशी सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत झापा क्षेत्र नम्बर ३ (क) मा करोडौँको योजना पारेको हो ।  नेपाली काँग्रेसबाट यस क्षेत्रबाट निर्वाचित कोशी सांसद तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको विशेष पहलमा कचनकवल र भद्रपुर (वडा ९ र १० बाहेक) अघिल्लो वर्षहरूको तुलनामा यस वर्ष धेरै योजनाहरू पारिएका हुन् ।  प्रदेशको सिलिङ बजेट अनुसार प्रत्यक्ष सांसदले दुई करोड ५० लाख र समानुपातिक सांसदले एक करोड ५० लाख रुपैयाँ बराबरको योजना पार्न सक्ने व्यवस्था छ । 
प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरूले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ४५ प्रतिशत, सामाजिक विकास मन्त्रालयबाट २० प्रतिशत, खानेपानी सिचाई मन्त्रालयबाट १५ प्रतिशत, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट १५ प्रतिशत र उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट ५ प्रतिशतसम्म योजना पाउँछ । राजवंशी आफै भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएका कारण उनले आफ्नो क्षेत्रमा २० करोड भन्दा बढी योजनाहरू ल्याएका हुन् । 

झापा क्षेत्र नम्बर ३ (क) मा परेका योजनाहरूको सूचि यस्तो छ ।

सम्बन्धित समाचार