२०८३ बैशाख १० गते , विहीबार

दमकमा लागूऔषधसहित चार जना समातिए

sajilo news
झापा
२०८२ असार ७ गते , शनिबार
दमकमा लागूऔषधसहित चार जना समातिए

दमकमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा चारजना युवा पक्राउ परेका छन् । गएराति ८ बजे दमक नगरपालिका-५ सृष्टि टोलस्थित देवु गड्तौलाको टाँडे घरको भुईँ तलाको कोठामा डेरा गरी बस्ने गौरादह ४ धोबिने बस्ने २४ वर्षीय अनुभव दर्नालको कोठामा लागूऔषध खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा गौरादह ४ धोबिने बस्ने २४ वर्षीय अनुभव दर्नाल ,दमक १ संगम चोक बस्ने २६ वर्षीय सुरज कुमाल , दमक ६ पुरानो बजार बस्ने २९ वर्षीय सुमन दर्जी र दमक ७ पुरानो सब्जी लाइन बस्ने ३४ वर्षीय वीरबहादुर पौडेल रहेका छन् । उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार