२०८३ बैशाख १० गते , विहीबार

कार भाडा गरी भद्रपुरमा ब्राउनसुगर लिन आएका युवायुवतीको पहिचान खुल्यो

sajilo news
झापा
२०८२ असार ७ गते , शनिबार
कार भाडा गरी भद्रपुरमा ब्राउनसुगर लिन आएका युवायुवतीको पहिचान खुल्यो

झापाको भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेका युवायुवतीको पहिचान खुलेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका-७ बस्ने २२ वर्षीया नोजिना राना मगर रहेका छन् ।

शनिबार दिउँसो १ः३० बजे गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर-५ स्थित भन्सार चोकमा भारतबाट नेपालतर्फ आइरहेको बा. प्रदेश ०१–०३० च ७७९३ नम्बरको नेटा कम्पनीको ब्लु रङ्गको कारलाई रोकी चेकजाँच गरेको थियो ।

त्यस क्रममा चालक कुँवरले कालो प्लास्टिकमा प्याक गरी आफू बस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाइछिपाई ल्याइरहेको अवस्थामा ब्राउन सुगर फेला परेको थियो । त्यसलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ५१ ग्राम ९९० मिलिग्राम र प्लाष्टिकं बाहेक ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर रहेको प्रहरीले जनाएको छ । ती युवती कार भाडा गरेर ब्राउन सुगर लिन भद्रपुर आएका थिए । 

सो ब्राउन सुगरसहित कार चालक कुँवर र कारमा सवार राना मगरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ । 

यो पनि पढ्नुहोस् : भद्रपुरमा कार चढेर आएका दुई जना ब्राउनसुगरको कारोबारी पक्राउ

सम्बन्धित समाचार