२०८३ बैशाख ४ गते , शुक्रबार

अमेरिकाले शुरू गर्‍यो इरानमाथि आक्रमण, तीन आणविक केन्द्रमा बमबारी

sajilo news
एजेन्सी
२०८२ असार ८ गते , आईतबार
अमेरिकाले शुरू गर्‍यो इरानमाथि आक्रमण, तीन आणविक केन्द्रमा बमबारी

अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेको छ। अमेरिकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा परमाणु केन्द्रहरूमा आक्रमण गरेको बताएका हुन्। 

अमेरिकाले फोर्दो, नतांज र इस्फहानमा आक्रमण गरेको हो। उनले सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएको र सुरक्षित रूपमा घर फर्किरहेको बताएका छन्। डोनाल्ड ट्रम्पले इरानमा गरिएको सफल सैनिक अभियानबारे राष्ट्रलाई सम्बोधन गर्ने बताए।

आक्रमणबारे इरानी अधिकारीहरूले पनि पुष्टि गरेका छन्। इस्फहानका सुरक्षा उपगभर्नर अकबर सालेहीले नताञ्ज र इस्फहानमा धेरै विस्फोटहरूको आवाज सुनिएको उल्लेख गरे। उनले भने, ‘हामीले इस्फहान र नताञ्जका आणविक केन्द्रहरू नजिक आक्रमणहरू देख्यौं।’

सम्बन्धित समाचार