२०८३ बैशाख १० गते , विहीबार
झापाको कनकाईमा लागूऔषधसहित एक महिला पक्राउ
झापाको कनकाईमा ठुलो परिमाणमा लागू औषधसहित एक महिला पक्राउ परेकी छन् । आज दिउँसो अन्दाजी १२ः३० बजे इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमान्डमा खटिएको सादा पोशाकको टोलीले कनकाई नगरपालिका-४ कृषि मार्ग नमुना टोल बस्ने ४० वर्षीया विमला चौधरीको घरबाट ठुलो मात्रामा लागूऔषध बरामद गरेको हो ।
चौधरीको घरबाट प्लास्टिकसहित १९५ ग्राम ब्राउन सुगर र २५० ग्राम गाँजा बरामद भएको प्रहरी स्रोतले जनाएको छ । लागू औषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।