२०८३ बैशाख ४ गते , शुक्रबार

इरानले भन्यो-युद्धविरामको कुनै सम्झौता भएको छैन

sajilo news
एजेन्सी
२०८२ असार १० गते , मंगलबार
इरानले भन्यो-युद्धविरामको कुनै सम्झौता भएको छैन

इरानले कुनै पनि युद्धविरामको सम्झौता नभएको बताएको छ। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जालमा लेख्दै अहिलेसम्म युद्धविराम वा सैन्य कारवाही बन्द गर्ने कुनै सहमति नभएको बताएका हुन्।

अराघ्चीले भनेका छन्इ– ‘इरानले बारम्बार स्पष्ट पारेको छ, इजरायलले इरानमाथि युद्ध सुरु गरेको हो, अहिलेसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाही बन्द गर्ने बारेमा कुनै सहमति भएको छैन।  यदि इजरायली शासनले तेहरान समयको बिहान ४ बजे भन्दा पहिले इरानी जनता विरुद्धको आफ्नो गैरकानूनी आक्रमण रोक्छ भने, हाम्रो प्रतिक्रिया जारी राख्ने हाम्रो कुनै इरादा छैन। हाम्रो सैन्य कारबाही बन्द गर्ने अन्तिम निर्णय पछि गरिनेछ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको दाबी गरेका थिए। उनले दुवै देश १२ दिनको लागि युद्धविराम गर्न सहमत भएको ट्रम्पले उल्लेख गरेका छन्। 

सम्बन्धित समाचार