२०८३ बैशाख ४ गते , शुक्रबार

मेचीनगर नगरपालिकाको बजेट १ अर्ब ८२ करोड

sajilo news
झापा
२०८२ असार १० गते , मंगलबार
मेचीनगर नगरपालिकाको बजेट १ अर्ब ८२ करोड

 

मेचीनगर नगरपालिकामा १ अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको प्रस्तावित बजेट प्रस्तुत गरिएको छ । दोस्रो नगर सभाको सातौँ अधिवेशनमा  उपप्रमुख मीना पोखरेल उप्रेतीले नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १ अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको प्रस्तावित बजेट प्रस्तुत गरेकी छन् । 

 चालु खर्चतर्फ ७३ करोड ९६ लाख ९४ हजार, पुँजीगततर्फ १ अर्ब ३१ करोड ७ लाख ८ हजार वित्तीय व्यवस्थापनतर्फ २५ लाख गरी कुल २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
नगरस्तरीय चालु खर्चतर्फ संघीय सरकारको शसर्त अनुदानतर्फ ४८ करोड ५० लाख, शसर्त पुँजीगत अनुदानतर्फ ३५ करोड २२ लाख, विशेष अनुदानतर्फ १ करोड ३० लाख, समपूरक अनुदान प्राप्त हुने १ करोड ४५ लाख, कोशी प्रदेश सरकारको शसर्त चालु अनुदानतर्फ ९८ लाख ८२ हजार, शसर्त पुँजीगत अनुदानबाट प्राप्त हुने ७४ लाख रुपैयाँ स्वीकृत शीर्षक अनुसारै खर्च गर्ने गरी पेश गरिएको छ ।
यसरी विनियोजन गर्दा  कुल बजेट मध्ये चालु खर्चतर्फ ७६ करोड १९ लाख ८२ हजार अर्थात् ४५.२७ प्रतिशत, पुँजीगत खर्च तर्फ ९१ करोड ८७ लाख ५२ हजार ५४० रुपैयाँ अर्थात् ५४.५८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ लाख अर्थात् ०.१५ प्रतिशत खर्च प्रस्ताव गरिएको छ ।
यता आयतर्फ आन्तरिक आम्दानी १८ करोड, संघीय सरकारको वित्तीय समानीकरणतर्फ २४ करोड ३१ लाख, सशर्त चालु अनुदानतर्फ ४८ करोड ५० लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ ३५ करोड २२ लाख रुपैयाँ, विशेष अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँ र राजश्व बाँडफाँटतर्फ १८ करोड ८ लाख रुपैयाँ रहेको बजेटमा उल्लेख छ ।
यसैगरी, आयतर्फ कोशी प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ २ करोड ३७ लाख ५४ हजार रुपैयाँ, सशर्त चालु अनुदानतर्फ ९८ लाख ८२ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ १ करोड ४० लाख रुपैयाँ र राजश्व बाँडफाँट प्राप्त हुने १ करोड ७० लाख रुपैयाँ, समपूरक अनुदान प्राप्त हुने ७४ लाख रुपैयाँ, मालपोत घर रजिस्ट्रेसनबाट ११ करोड ३४ लाख ९८ हजार ५४० रुपैयाँ, दहत्तर बहत्तरबाट प्राप्त हुने २ करोड ७२ लाख र मौज्दात रकम १३ करोड ७४ लाख ५१ हजार ८१९ रुपैयाँ ३७ पैसा गरी आम्दानी तर्फ कुल बजेट १ अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३५ पैसा प्रस्ताव गरिएको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले  भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको कामलाई तीव्र ढङ्गबाट अगाडि बढाएर लाने योजनाहरू बजेटमा समावेश गरिएको बताए । 

सम्बन्धित समाचार