२०८३ बैशाख ४ गते , शुक्रबार

झापा गाउँपालिकाको बजेट ५१ करोड ४२ लाख

sajilo news
झापा
२०८२ असार ११ गते , बुधबार
झापा गाउँपालिकाको बजेट ५१ करोड ४२ लाख

झापा गाउँपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८२–८३ को वार्षिक बजेट गाउँ सभाले सर्वसम्मत स्वीकृत गरेको छ । झापा गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ का लागि ५१ करोड ४२ लाख ४३ हजार ५६४ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थियो । गत वर्षको तुलना यो आर्थिक वर्षमा १ करोड ९९ लाख ३८ हजार पाँच सय चौसट्ठी रुपैयाँको बढी बजेट आएको हो । गत वर्ष ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ विनियोजन भएको थियो

झापा गाउँपालिकाको सभा हलमा भएको १८औं गाउँ सभामा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा गाउँपालिकाको आयतर्फ संघीय राजश्व बाँडफाँटतर्फ रु १० करोड १७ लाख ५२ हजार ५६४ रुपैयाँ , संघीय सशर्त अनुदान रु २२ करोड ७३ लाख , संघीय समानीकरण अनुदान रु ११ करोड ३८ लाख , संघीय समपूरक अनुदान रु ७४ लाख , प्रदेश समानीकरण अनुदान रु १ करोड ७ लाख ९८ हजार , प्रदेश राजश्व बाँडफाँट रु ७१ लाख १९ हजार , घरजग्गा रजिस्ट्रेसन दस्तुर रु ५० लाख , प्रदेश सशर्त अनुदान रु ८९ लाख ७४ हजार , प्रदेश समपूरक अनुदान रु १ करोड र आन्तरिक आय रु २ करोड रुपैयाँ गरेर अनुमानित आय रु ५१ करोड ४२ लाख ४३ हजार ५ सय चौसट्ठी रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले व्ययतर्फ चालु खर्च शीर्षकमा सम्पूर्ण क्रियाकलापहरूका लागि एकमुष्ट रु ७ करोड १२ लाख रुपैयाँ विनियोजन गर्दै पुँजीगत खर्चतर्फ आर्थिक विकास रु १ करोड ३८ लाख , पूर्वाधार विकासतर्फ रु १० करोड ३२ लाख ७२ हजार , वन वातावरण विपद् तथा सरसफाइतर्फ रु २६ लाख , संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ रु ४८ लाख ३१ हजार ५६४ रुपैयाँ , सामाजिक विकासतर्फ रु ६ करोड २७ लाख ६६ हजार गरी जम्मा रु ५१ करोड ४२ लाख ४३ हजार ५ सय ६४ रुपैयाँ अनुमानित खर्च प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार