२०८३ बैशाख १० गते , विहीबार

ठूलो मात्रामा लागूऔषधसहित एक पक्राउ

sajilo news
सुनसरी
२०८२ असार ११ गते , बुधबार
ठूलो मात्रामा लागूऔषधसहित एक पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । मंगलबार राती लागूऔषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–५ झर्नाचोक स्थितमा डेरा गरी बस्दै आएका मुन्सन राईलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

राईको कोठा खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको ट्रामाडोल– आठ हजार आठ सय ७६ क्याप्सुल, मेफेनिक स्पास– सात हजार आठ सय ९० ट्याब्लेट, नाईट्रेजेपाम–२० ट्याब्लेट, स्पारेट–२ सय ९५ ट्याब्लेट र कोलिवन– तीन सय १२ ट्याब्लेट बरामद गरेको हो ।प्रतिबन्धित र नियन्त्रित औषधिसहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

सम्बन्धित समाचार