२०८३ बैशाख १० गते , विहीबार

पैसा माग्दा नदिएपछि भद्रपुरका एक युवकले हाने आफ्नै हजुरआमालाई खुकुरी

sajilo news
झापा
२०८२ असार १२ गते , विहीबार
पैसा माग्दा नदिएपछि भद्रपुरका एक युवकले हाने आफ्नै हजुरआमालाई खुकुरी

भद्रपुरमा पैसा माग्दा नदिएपछि रिसको आवेगमा नातिले ७२ वर्षीया हजुरआमामाथि खुकुरी प्रहार गरेका छन् । आज बिहान अन्दाजी ५ बजेको समय भद्रपुर नगरपालिका-१० स्थित सत्र बिगेमा सोही ठाउँका २७ वर्षीय महेश सुबेदीले आफ्नै हजुरआमा ७२ वर्षीया थिनमाया सुबेदीलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।  

थिनमाया घरमा एक्लै बस्दै आएकी थिइन् । नाति महेश घरमा आई पैसा माग्दा नदिएपछि रिसको आवेगमा खुकुरी हानेको जनाइएको छ ।घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको चिउँडो काटिएको छ । खुकुरी प्रहार गर्ने नाति महेश सुबेदी फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार