२०८३ बैशाख १० गते , विहीबार

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गर्ने पक्राउ

sajilo news
झापा
२०८२ असार १५ गते , आईतबार
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गर्ने पक्राउ

मोरङ धनपालथान गाउँपालिका-५ बबिया बस्ने २१ वर्षीय अनीश सरदारलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा अनीशले नावालिकालाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारी फालेको देखिएको छ । उनलाई आज दिउँसो हाडनातामा जबरजस्ती करणी र ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा मोरङ जिल्ला अदालतमा म्याद थपको लागि उपस्थित गराइएको थियो ।

हिजो बिहान अन्दाजी ३ बजे मोरङ धनपालथान ५ बबिया बस्ने अक्षय सरदारकी छोरी ५ वर्षकी आत्तिका सरदार हराएको भनेर आफन्तले बिहान ५ बजे प्रहरी चौकी कर्सियामा जानकारी गराएका थिए ।

प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा वडा नं ५ स्थित दुर्गा आधारभूत विद्यालयको बाहिरपट्टि बाटोको छेउमा ती बालिका मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले हिजै बालिकाका काका अनीशलाई नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार