२०८३ बैशाख ४ गते , शुक्रबार

ओडिसाको पुरीमा भागदौड मच्चिदा तीन जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ असार १६ गते , सोमबार
ओडिसाको पुरीमा भागदौड मच्चिदा तीन जनाको मृत्यु

ओडिसा (एजेन्सी) ।  आइतबार बिहान ओडिसाको पुरीमा रहेको गुन्डिचा मन्दिर बाहिर भागदौड हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। घटनामा ५० भन्दा बढी घाइते भएका छन्। वार्षिक रथयात्रा उत्सवका लागि पुरीमा लाखौं भक्तजनहरू भेला भएका थिए।

सारधाबलीमा बिहान ४–४ः२० बजेतिर धार्मिक सामग्री बोकेको गाडी भीडमा पस्दा यो घटना भएको हो। प्रत्यक्षदर्शीहरूले तीर्थयात्रीहरूको बढ्दो संख्यालाई व्यवस्थापन गर्न पर्याप्त प्रहरी व्यवस्था वा अधिकारीहरू नभएको आरोप लगाएका छन्। अस्पतालका अधिकारीहरूले घाइतेहरूमध्ये केहीलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको बताएका छन् भने अरूलाई गम्भीर चोटपटक लागेर अस्पतालमा भर्ना गरिएको जनाए। 

मुख्यमन्त्री मोहन चरण माझीले घटनाप्रति समवेदना व्यक्त गर्दै लापरबाही अक्षम्य रहेको बताए। ‘यो लापरबाही अक्षम्य छ। सुरक्षा कमजोरीको तत्काल अनुसन्धान गरिनेछ र जिम्मेवार व्यक्तिहरूविरुद्ध कारबाही सुरु गर्न आवश्यक कदम चाल्न मैले निर्देशन दिएको छु’, मुख्यमन्त्रीले एक्समा लेखे।

सम्बन्धित समाचार