२०८३ बैशाख १० गते , विहीबार

४१८ वटा मोबाइल हराएकोमा ८९ वटा भेट्टाएर सम्बन्धित धनीलाई बुझाइयो

sajilo news
झापा
२०८२ असार १६ गते , सोमबार
४१८ वटा मोबाइल हराएकोमा ८९ वटा भेट्टाएर सम्बन्धित धनीलाई बुझाइयो

इलाका प्रहरी कार्यालय बिर्तामोडमा चालु आर्थिक वर्षमा ४१८ जनाले आफ्नो मोबाइल हराएको निवेदन दर्ता गराएकोमा ८९ वटा मोबाइल फेला परेको छ । फेला परेको मोबाइलहरुलाई सोमबार सम्बन्धित धनीहरुलाई बुझाएको छ ।

आज २७ वटा मोबाइल सम्बन्धित व्यक्तिलाई बुझाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । उनले यसअघि ६२ जनालाई हराएको मोबाइल खोजेर फिर्ता गरिएको जानकारी दिए । दुईवटा आइफोनसहित सामसुङ, रेडमी, भीभोलगायतका मोडलका मोबाइलहरू फेला पारेर फिर्ता गरिएको श्रेष्ठको भनाई छ ।

हराएको मोबाइल फिर्ता पाउनेहरूमा देवी सङ्ग्रौला बाह्रदशी ५ , सीता विश्वकर्मा अर्जुनधारा ६ , उदयनारायण तुम्रोक बिर्तामोड ५ , सविता लिम्बू बिर्तामोड ५ , इश्वरा नेपाल बिर्तामोड ३ , सुवास तामाङ बिर्तामोड ५ , मनवती राजवंशी बिर्तामोड ४ , भक्तबहादुर प्रधान कनकाई ३ , किरण धिमाल बिर्तामोड १ , होमनारायण माझी बिर्तामोड ६ , निशान राजवंशी बिर्तामोड २ , मनोज राजवंशी बिर्तामोड ५ , सुसन योङ्या बिर्तामोड ५ , प्रेमकुमार दास बिर्तामोड १ , धनमाया लिम्बू कनकाई ७ , प्रदीप अधिकारी बिर्तामोड ७, गोपाल चौधरी बाह्रदशी , सागर शिवभक्ति विराटनगर ३ , मुकेश थापा बिर्तामोड १ , गणेश समाल मगर अर्जुनधारा २ , अनीश थेबे अर्जुनधारा ११ , राधिका गिरी कनकाई ७ , दुर्गादेवी प्रसाईँ बिर्तामोड ३ , भुवन खत्री , रुद्रादेवी चौधरी कनकाई ५ , बद्री मालाकार झापा गाउँपालिका ४ र पेमा छिरिङ शेर्पा जोगमाई १ इलाम रहेका छन् ।

अत्यधिक रुपमा मोबाइल हराउन थालेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले त्यससम्बन्धी निवेदन लिन प्रहरी सहायक निरीक्षक प्रदीप आले मगरलाई जिम्मेवारी दिएको छ । प्रहरीले आईएमइआई नम्बरको आधारमा ट्रयाकिङ गरी हराएको मोबाइल पत्ता लगाउने गरेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

हराएको मोबाइल खोजी गरेर दिने र चोरी गरेको भए त्यही अनुसारको कानुनी कारबाही गर्ने गरिएको उनको भनाई छ । ८९ जनामध्ये एक जना मोबाइल धनीले आफ्नो मोबाइल चोरी भएको बताएपछि फिर्ता गर्ने व्यक्तिमाथि चोरी मुद्दा दर्ता गरिएको बताइएको छ ।

सम्बन्धित समाचार