झापामा रवि लामिछानेको पक्षमा कति भयो हस्ताक्षर संकलन ?
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध जनमत संकलन गरेको छ । पार्टी सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध देशव्यापी हस्ताक्षर अभियान थालेको रास्वपाले झापामा पनि त्यसलाई तीव्रता दिएको छ । तीन दिनअघि त्यस अभियान शुरु गरिएको थियो । जिल्लाभरिबाट करिब २९ हजार हस्ताक्षर संकलन गर्ने योजना रहेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताए ।
उनले मेचीनगरमा ५२७४ ,दमकमा ३०७० ,भद्रपुरमा ३०२१ ,कचनकवलमा १०५४,हल्दिवारीमा ६७७,बाह्रदशीमा ७५४,बिर्तामोडमा ३००४,अर्जुनधारामा २२१४,बुद्धशान्तिमा १८९२,कनकाईमा ४८६०,झापा गाउँपालिकामा ८४०,शिवसताक्षीमा १३४५,कमलमा ७२४ हस्ताक्षर संकलन गरिएको उनले जानकारी दिए । गौरादह र गौरीगञ्जमा संकलित हस्ताक्षरका बारेमा जानकारी प्राप्त नभएको उनको भनाई छ ।
त्यस्तै रास्वपाले इलाम , पाँचथर र ताप्लेजुङमा पनि हस्ताक्षर संकलन अभियानलाई जारी राखेको छ । इलाममा असार १४ गते ४०० , १५ गते १०० , १६ गते १५० जनाको हस्ताक्षर संकलन भएको छ भने पाँचथरमा असार १४ गते ९५० , १५ गते ३५० र १६ गते ६५ जनाले हस्ताक्षर गरेका छन् । त्यस्तै ताप्लेजुङमा असार १४ गते ५६०, १५ गते १८० र १६ गते २०० जनाको हस्ताक्षर संकलन भएको जनाइएको छ ।