२०८३ बैशाख ४ गते , शुक्रबार

थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित

sajilo news
एजेन्सी
२०८२ असार १७ गते , मंगलबार
थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित

बैंकक । थाइल्यान्डकी प्रधानमन्त्री पेतोङटार्न शिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता बाहिरिएपछि शिनावात्रामाथि राजीनामा दिन दबाब आएको थियो। 

उक्त टेलिफोन वार्तामा शिनावात्राले थाई सैन्य कमान्डरको आलोचना गर्दै उनलाई सेनका ‘काका’ भनेकी थिइन्। त्यसपछि प्रधानमन्त्री शिनावात्राविरुद्ध आक्रोश उत्पन्न भयो र उनलाई बर्खास्त गर्न अदालतमा निवेदन दायर गरिएको थियो। 

अदालतले अब यसमाथि विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। दुई हप्ताअघि उनका सहयोगीहरुले पनि समर्थन फिर्ता लिए, जसका कारण, सत्तारुढ गठबन्धन पहिलेदेखि अल्पमतमा परिसकेको छ।

सम्बन्धित समाचार