२०८३ बैशाख १० गते , विहीबार

मलद्वारभित्र ब्राउनसुगर ल्याउने तीन जना भद्रपुरबाट पक्राउ

sajilo news
झापा
२०८२ असार १७ गते , मंगलबार
मलद्वारभित्र ब्राउनसुगर ल्याउने तीन जना  भद्रपुरबाट पक्राउ

भद्रपुरमा फेरि तीन जना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । मंगलबार  साँझ ६.१० बजे भद्रपुर नगरपालिका–५ स्थित मेची पुल बिटमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री बुद्धशान्ति –४ जुनेली बस्ने २९ वर्षीय दिपक सम्बाहाम्फेलाई शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाईछिपाई ल्याउँदै गरेको ब्राउनसुगर फेला परेको थियाे । 

३ ग्राम ३१० मिलिग्राम ब्राउनसुगरसहित सम्बाहाम्फेलाई वडा प्रहरीले थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएकाे  जनाइएको छ ।

त्यस्तै आज दिउँसो १२;१० बजे भद्रपुर –५ स्थित राजन चोकमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री कमल –५ पाडाजुँगी बस्ने २० वर्षीय पिजल धिमाल र कमल–२ बस्ने ३२ वर्षीय केशब राईलाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ३ ग्राम १० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । ती दुईजनालाई पनि नियन्त्रणमा लिई प्रहरी कार्यालय झापा पठाइएको छ । 

सम्बन्धित समाचार