२०८३ बैशाख १० गते , विहीबार

झापामा कोकिनसहित दुई भारतीय नागरिक पक्राउ

sajilo news
झापा
२०८२ असार १८ गते , बुधबार
झापामा कोकिनसहित दुई भारतीय नागरिक पक्राउ

झापामा लागूऔषध कोकिनसहित दुई  भारतीय नागरिक पक्राउ परेका छन् ।  सीमावर्ती कचनकवल गाउँपालिकाबाट पक्राउ पर्नेहरूमा भारत विहार किसनगंज जियापोखर गिलाबारी बस्ने २३ वर्षीय मोहम्मद तौसिफ र उत्तर दिनाजपुर मजलिसपुर बस्ने २१ वर्षीय परवेज आलम रहेका छन् ।

गएराति झापा गाउँपालिकामा मोटर चोरी गर्न आउने क्रममा पक्राउ परेका ती भारतीयहरुसंग कोकिन फेला परेको हो । राति साढे ८ बजे झापा गाउँपालिका ४ का मोजिमिल मियाँको जग्गाको आसपासमा ती दुई भारतीयलाई शङ्कास्पद अवस्थामा फेला पारी सोधपुछ गर्दा उनीहरूले तजेमुल मियाँको खेतमा रहेको पानी तान्ने मोटर चोरी गरी मजमुल मियाँको जग्गामा लुकाई राखेको स्वीकार गरेका थिए ।

मोटर फेला परेपछि उनीहरूमाथि थप शङ्का लागेर शरीर तलासी लिँदा मोहम्मद तौसिफले लगाएको पेन्टको दाहिने गोजीमा प्लास्टिकसहित १ ग्राम ४२० मिलिग्राम कोकिन फेला परेको हो । उक्त लागूऔषध र ३ हर्स पावरको पानी तान्ने मोटरसहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 

सम्बन्धित समाचार