२०८३ बैशाख १० गते , विहीबार

मोटरसाइकलको च्यासिसभित्र ब्राउनसुगर ल्याउने युवक मेची पुलमा पक्राउ

sajilo news
झापा
२०८२ असार २० गते , शुक्रबार
मोटरसाइकलको च्यासिसभित्र ब्राउनसुगर ल्याउने युवक मेची पुलमा पक्राउ

मोटरसाइकलको च्यासिसभित्र ब्राउनसुगर लुकाएर ल्याउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  झापा मेचीनगर नगरपालिका- १४ धाईजन गोलोबारीका २६ वर्षीय सरोज लामिछाने रहेका छन् । 

गएराति ९ बजे मेचीनगर –६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ मे ८ प १५८५ नम्बर टीभीएस मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको च्यासिसको भागमा रहेको प्वालभित्र प्लास्टिकको पोको पारी ब्राउनसुगर लुकाएर ल्याएको फेला परेको थियो । प्लास्टिकबाहेक ४ ग्राम ब्राउनसुगर र मोटरसाइकलसहित लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार