२०८३ बैशाख १० गते , विहीबार

चार दिनदेखि बेपत्ता इलामका मगर मृत भेटिए

sajilo news
इलाम
२०८२ असार २१ गते , शनिबार
चार दिनदेखि बेपत्ता इलामका मगर मृत भेटिए

चार दिनदेखि बेपत्ता इलाम माई नगरपालिका– ५ कालिखोला बस्ने ४५ वर्षीय ओम जर्घा मगर मृत फेला परेका छन् । हिजो साँझ ६ः३० बजे माई नगरपालिका– ४ कट्टेलटारमा मगर मृत फेला परेका हुन् ।

उनी असार १६ गते कोही कसैलाई नसोधी घरबाट हिँडेका थिए । स्थानीयले प्रहरी चौकी दानाबारीमा घटनाबारे जानकारी गराउनसाथ प्रहरी नायव निरीक्षक सूर्य मोक्तानको कमान्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय इलामको टोली गएको जनाइएको छ ।

सम्बन्धित समाचार