२०८३ बैशाख १० गते , विहीबार

काँकडभिट्टामा एयर पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

sajilo news
झापा
२०८२ असार २४ गते , मंगलबार
काँकडभिट्टामा एयर पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

झापाको काँकडभिट्टामा हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी बस्ने २५ वर्षीय प्रतीक अग्रवाल रहेका छन् ।

आज बिहान ८ः५० बजे इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले मेची भन्सार कार्यालयको परिसरभित्र सवारीसाधन चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएर ल्याएको डब्लुबी ७४ एजे०४०० नम्बरको स्कुटरको डिकीभित्र लुकाइछिपाई राखेको अवस्थामा एयर पेस्तोल जस्तो देखिने चालु अवस्थामा रहेको हतियार बरामद भएको थियो ।

त्योसँगै उनले बोकेको सानो छालाको साइड ब्यागभित्र प्लास्टिकको पोकोमा १८ थान उक्त हतियारमा लाग्ने मेटल बुलेट, मोबाइल थान ४ फेला परेको थियो । उक्त अवैध हतियार,मोबाइल र सवारी साधनसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताए ।

सम्बन्धित समाचार