२०८३ बैशाख १० गते , विहीबार

भद्रपुरमा प्रहरीले चलायो गोली, दुईजना ब्राउनसुगर कारोबारी पक्राउ

sajilo news
पार्थ मण्डल
२०८२ असार २४ गते , मंगलबार
भद्रपुरमा प्रहरीले चलायो गोली, दुईजना ब्राउनसुगर कारोबारी पक्राउ

भद्रपुर । भद्रपुरमा प्रहरीले गोली प्रहार गरी लागूऔषध ब्राउनसुगर कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले आज दिउँसो भद्रपुर-८ स्थित ओमसाई पाथीभरा हस्पिटल अगाडि गोली प्रहार गर्दै दुई जना कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीको गोली प्रहारबाट एक कारोबारी घाइते भएका छन् । उनको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ । 

सम्बन्धित समाचार