२०८३ बैशाख १० गते , विहीबार

श्रीमान अर्कै कोठामा गएको भन्दै श्रीमतीले साथी बोलाएर कुटपिट गर्दा युवतीको मृत्यु

sajilo news
झापा
२०८२ असार २५ गते , बुधबार
श्रीमान अर्कै कोठामा गएको भन्दै श्रीमतीले साथी बोलाएर कुटपिट गर्दा युवतीको मृत्यु

झापामा सामूहिक कुटपिटबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ४ भाङवारी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गङ्गा राई रहेकी छन् । आफ्ना श्रीमान् रमेश भुसाल गङ्गाको कोठामा गएको भन्दै उनकी श्रीमती सुस्मिता भुसालले साथी भेला गरी सामूहिक रुपमा कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनलाई गएराति ११३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठे घर भई अर्जुनधारा ८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदास बोलाएर कुटपिट गरेको बताइएको छ । 

घाइते उनलाई शंकर अस्पताल शनिश्चरे लगी सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा आज बिहानको राति १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीले कुटपिट घटनामा संलग्न ५ जना महिला र सुस्मिता भुसालका श्रीमान् रमेश भुसाल समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

सम्बन्धित समाचार