भारतको गुजरातमा पुल भाँचिदा ९ जनाको मृत्यु
भारतको गुजरात राज्यस्थित आनन्द र पाड्रा जोड्ने पुल भाँचिदा ९ जनाको मृत्यु भएको छ। बुधबार बिहान माही नदीमाथिको यो पुलको बिचको भाग भाँचिएको हो। जसका कारण धेरै सवारी साधन नदीमा खसेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्रीले आफ्नो एक्स अकाउन्टमा लेखेका छन् , ‘गुजरातको बडोदरा जिल्लामा पुल भत्किँएर भएको दुर्घटनामा ज्यान गुमाउनु अत्यन्तै दुःखद छ। आफ्ना प्रियजन गुमाउनेहरूप्रति मेरो समवेदना। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
प्रधानमन्त्री मोदीले प्रत्येक मृतकको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन्। बडोदराका प्रहरी उपरीक्षक रोहन आनन्दका अनुसार हालसम्म नौ जनाको मृत्यु भएको छ भने नौ जनालाई उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिहरूको अवस्था सामान्य छ।