२०८३ बैशाख १० गते , विहीबार

झापामा फेरि १०१ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

sajilo news
झापा
२०८२ असार २५ गते , बुधबार
झापामा फेरि १०१ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

झापामा फेरि ठुलो परिमाणमा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला किसनगंज सिंगीमारी पञ्चायत-५ का ६० वर्षीय गबरी साह रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो ३ बजेको झापा गाउँपालिका १ स्थित सुडुखुट्टुमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ साइकलमा आउँदै गरेको अवस्थामा शङ्का लागि चेकजाँच गर्ने गर्दा साह लगाएको ट्याक सुटको बायाँ साइडको गोजीमा लुकाइछिपाई ल्याएको १०१ग्राम ६३ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई ब्राउन सुगर, साइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।    

 

सम्बन्धित समाचार