२०८३ बैशाख १० गते , विहीबार

साइकलको ट्युबभित्र १६७ ग्राम ब्राउनसुगर ल्याउने झापाका ऋषिदेव पक्राउ

sajilo news
झापा
२०८२ असार २६ गते , विहीबार
साइकलको ट्युबभित्र १६७ ग्राम ब्राउनसुगर ल्याउने झापाका ऋषिदेव पक्राउ

झापामा दिनहुँ जसो ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद भइरहेको छ । यसै क्रममा आज १६७ ग्राम  ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान अन्तरगत विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले गएराती साढे १२ बजे भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका कनकाई नगरपालिका-१ का ३० वर्षीय पवन ऋषिदेवलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । 

झापा गाउँपालिका-४ सुकुम्बासीबस्तिमा उनलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा  साइकलको ट्युबभित्र लुकाइछिपाई ल्याउँदै गरेको १ सय ६७ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

सम्बन्धित समाचार