उखुबारीबाट ८०२ किलो गाँजा बरामद
मोरङको धनपालथान गाउँपालिका- १ स्थितबाट प्रहरीले ८ सय २ किलो १ सय ग्राम गाँजा बरामद गरेको छ । मंगलबार साँझ साढे ६ बजे लागू औषध लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङ्गेली, प्रहरी चौकी गडेरिया र प्रहरी चौकी अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका- १ स्थित गदिया खोला नजिकै रहेको उखुबारी भित्र २६ वटा बोरा गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी तथा प्रवक्ता कोपिला चुँडालका अनुसार प्याक गरी लुकाई छिपाई राखेको ८ सय २ किलो १ सय ग्राम गाँजा बरामद गरेको जानकारी दिइन् । इलाका प्रहरी कार्यालय रङ्गेली, प्रहरी चौकी गडेरीया नोचा, प्रहरी चौकी अमाहीबरीयाती तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको थियो।
गाजा बरामदपश्चात् थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको छ र घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ साथै,गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको छ ।