२०८३ बैशाख ४ गते , शुक्रबार

एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

sajilo news
एजेन्सी
२०८२ असार २८ गते , शनिबार
एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

नयाँदिल्ली । अहमदाबाद विमान दुर्घटनाको एक महिनापछि प्रारम्भिक अनुसन्धान रिपोर्ट आएको हो । विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले १२ जुलाईमा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार विमानका दुवै इन्जिन बन्द भएका कारण दुर्घटना भएको हो ।

टेकअफ लगत्तै दुबै इन्जिन एक एक गरेर बन्द भए । यस बिषय ककपिट रेकर्डिङले खुलासा गरेको छ कि एक पाइलटले अर्कोलाई इन्जिन बन्द गरेको हो ? भनेर सोधेको थियो। एक अर्कालाइ जवाफ दिए, मैले त होइन।’

जुन १२ मा अहमदाबादबाट लन्डनका लागि उडान एआई १७१ उडेको केही बेरमै मेडिकल होस्टल भवनमा ठोक्कियो । यसमा २४१ यात्रु र चालक दलका सदस्यसहित २७० जनाको मृत्यु भएको थियो । यो दुर्घटनामा एक जना यात्रु मात्र बाँचेका छन् ।

प्रश्नः हावामा के भयो ?

उत्तरः रिपोर्टले बताउँछ कि दुबै इन्जिनहरू टेकअफको केही सेकेन्ड पछि मध्य हावामा नै बन्द भए, इन्धन कटअफ स्विचहरू केवल एक सेकेन्डमा एक पछि अर्को कटअफमा गए। इन्जिनहरूमा इन्धन आपूर्ति रोकिएको थियो। इन्जिन बन्द हुनेबित्तिकै राम एयर टर्बाइन (आरएटी) खोलिएको पनि प्रतिवेदनमा उल्लेख छ । यो एक सानो प्रोपेलर जस्तै उपकरण हो। यो हावाको गतिमा घुम्छ र बिजुली र हाइड्रोलिक पावर उत्पन्न गर्दछ।

सम्बन्धित समाचार