२०८३ बैशाख ४ गते , शुक्रबार

दमकमा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप, फुटाइदियाे माइक

sajilo news
झापा
२०८२ असार २९ गते , आईतबार
दमकमा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप, फुटाइदियाे माइक

झापाको दमकमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा हस्तक्षेप गरेको छ । रास्वपाले दमकको क्याम्पस मोडमा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन गरिरहेको ठाउँमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी चलिरहेकाले माइक नबजाउनु भनेर प्रहरीले सम्झाउँदा नमानेपछि प्रहरीले साउन्ड सिस्टम फुटाइदिएको हो ।

आफूहरूको हस्ताक्षर अभियान निरन्तर चलिरहेकाले त्यसलाई नरोक्ने भन्दा प्रहरीले माइक्रोफोन फुटाइदिएको र पेन ड्राइभ खोसेर लिएर गएको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताए । प्रहरीले आफूहरूको कार्यक्रममा गरेको हस्तक्षेप निन्दनीय भएको उनको भनाई छ । पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध जनसमर्थन जुटाउन रास्वपाले हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ ।

सम्बन्धित समाचार