२०८३ बैशाख १० गते , विहीबार
गोली हानेर भिनाजुले गरे सालीको हत्या
सुनसरीमा गोली हानी एक युवतीको हत्या गरिएको छ । गएराति १ः३० बजे सुनसरीको हरिनगर गाउँपालिका –६ बस्ने ४० वर्षीय गफार मियाकी छोरी १८ वर्षीया अर्सी खातुनलाई घरमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको हो ।
उनका भिनाजु भारतको अररिया जिल्ला पत्रा ग्राम पञ्चायत बस्ने २७ वर्षीय अजाद मियाले कन्चटमा गोली हानी हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।