२०८३ बैशाख १० गते , विहीबार

लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

sajilo news
झापा
२०८२ असार ३१ गते , मंगलबार
लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

झापामा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी लागू औषधसहितै पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-४ बस्ने २९ वर्षीय मुस्ताक अन्सारी र कनकाई-३ बस्ने २४ वर्षीय सलिम आलम रहेका छन् । हिजो साँझ ५.५० बजे इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमान्डमा खटिएको टोलीले कनकाई ३ ह्याप्पील्याण्डबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूसँगै कनकाई-३ बस्ने २१ वर्षीय सुनिल यादव पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट प्लास्टिकसहितको ६१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

झापा जिल्ला अदालतको गत मङ्सिर ९ गतेको फैसलाले मुस्ताक अन्सारीलाई ९ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै झापा जिल्ला अदालतको सोही मितिको फैसलाले सलिम आलमलाई २ महिना २५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

सम्बन्धित समाचार