२०८३ बैशाख १० गते , विहीबार
भद्रपुरकी सङ्गीता राजवंशी बेपत्ता, खोजीदिन परिवारजनको आग्रह
झापा भद्रपुर नगरपालिका-५ की २८ वर्षीया सङ्गीता राजवंशी बेपत्ता भएकी छिन् । गोरो वर्णकी, उचाइ ४ फिट ८ इन्च भएकी सङ्गीता असार २९ गते आइतबार बेलुका करिब ४ बजेदेखि बेपत्ता भएकी हुन् । छोरालाई बजार हिँडेकी भनेर निस्किएकी सङ्गीता एकाएक सम्पर्कविहीन भएपछि उनको खोजीका लागि प्रहरीमा उजुरी दिएको उनका श्रीमान् अजित राजवंशीले बताए ।
'छोरा घरमै थियो, म काममा थिए,' श्रीमान् अजितले भने, 'बजार गएकी श्रीमती दुई दिनसम्म सम्पर्क नआएपछि आफन्तजनसँगै प्रहरीमा पुग्यौँ ।' श्रीमतीको माइती पक्षको पनि कसैलाई केही थाहा छैन । सबैतिर खोजी सक्यौँ । 'श्रीमती भारततिर गएको हुनुपर्छ,' उनले भने । कसैले देख्नुभयो भने ००९७७९८१७९४८९६१ मा सम्पर्क गरिदिन उनले सबैलाई आग्रह पनि गरेका छन् ।