२०८३ बैशाख ४ गते , शुक्रबार

युवा संघ मेचीनगरको अधिवेशनमा भयो भाँडभैलो

sajilo news
झापा
२०८२ श्रावण २ गते , शुक्रबार
युवा संघ मेचीनगरको अधिवेशनमा भयो भाँडभैलो

नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ मेचीनगरको दोस्रो नगर अधिवेशनमा भाँडभैलो भएको छ । बन्द सत्र सुरु भएपछि पार्टीमा दुई पक्षबिच आन्तरिक विवाद भई कार्यक्रम स्थगित भएको हो । चुनावी प्रक्रियाबाट अधिवेशनको टुङ्गो लगाउन भोलि पुनः कार्यक्रम हुने बुझिएको छ ।

मेचीनगर –१२ धाइजनस्थित चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सभा हलमा कार्यक्रम आयोजना गरिएको थियो ।

राष्ट्रिय युवा संघ मेचीनगर नगर समितिको आयोजनामा नगर अध्यक्ष सुनिल राजवंशीको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय महिला सचिव निशा लिम्बूको प्रमुख आतिथ्यमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल , नेकपा एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरी ,नेकपा एमाले जिल्ला सहसचिव तथा जनसंगठन प्रमुख अनिता कन्दङ्वा , राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष फुर्वा लामालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार