२०८३ बैशाख ४ गते , शुक्रबार
सिरियाको स्वेइडामा बढ्दो हिंसाको कारण मृत्यु हुनेको संख्या ६३० नाघ्यो
सिरियाको दक्षिणी स्वेइडा प्रान्तमा स्थानीय ड्रुज गुटहरू र अरब बेदुइन आदिवासी लडाकुहरू बीच जुलाई १३ मा शुरु भएको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भएको छ । बेलायतमा आधारित युद्ध अनुगमनकर्ताले रिपोर्ट गरेअनुसार मृत्यु हुनेमा ७३ जना सर्वसाधारण र २८० भन्दा बढी सुरक्षाकर्मीहरू छन् ।
सिरियाली अन्तरिम अधिकारीहरूले शुक्रवार बढ्दो हिंसाको बीचमा संयमको लागि आह्वान जारी गर्दै द्वन्द्वलाई नियन्त्रण गर्न सेना तैनाथ गर्ने प्रतिबद्धता जनाएको छ ।