२०८३ बैशाख १० गते , विहीबार

दमकमा ब्राउनसुगर बेच्ने आउन भारतीय कारोबारी पक्राउ

sajilo news
झापा
२०८२ श्रावण ४ गते , आईतबार
दमकमा ब्राउनसुगर बेच्ने आउन भारतीय कारोबारी पक्राउ

भारतबाट लागूऔषध बिक्री गर्न झापाको दमक आएका एक भारतीय कारोबारी ठूलो मात्रामा ब्राउन सुगरसहित पक्राउ परेका छन् । आज दिउँसो ३.४५ बजे दमक ५ स्थित मेची स्टोर अगाडी सडकमा शङ्कास्पद अवस्थामा हिडिरहेका भारत विहार राज्य कटिहार जिल्ला बस्ने २८ वर्षीय सुरजकुमार साहलाई ठूलो मात्रामा ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनको साथबाट प्लास्टिकबाहेक ४२ ग्राम १७ मिलिग्राम ब्राउन सुगर , विभिन्न दरका नेपाली रुपैयाँ जम्मा ३७ हजार ९००, डिजिटल तराजु , मोबाइल र उनको परिचयपत्र खुल्ने कागजात फेला परेको थियो ।

सम्पूर्ण दशीका सामानहरू बरामद गरी साहलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनले ब्यागभित्र प्लास्टिकको बट्टामा लुकाई छिपाई राखेको ब्राउन सुगर फेला परेको थियो ।

सम्बन्धित समाचार