२०८३ बैशाख १० गते , विहीबार

मेचीनगरमा लागूऔषध गाँजासहित एक पक्राउ

sajilo news
झापा
२०८२ श्रावण ५ गते , सोमबार
मेचीनगरमा लागूऔषध गाँजासहित एक पक्राउ

झापाको मेचीनगरबाट लागूऔषध गाँजासहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-३ दोकानडाँडाका ४३ वर्षीय हरिलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले गोप्य सूचनाको आधारमा न्यौपानेको घरमा गाँजा लुकाएर राखेको थाहा पाएपछि प्रहरी चौकी बन्दाकोबी प्रहरी टोलीले खानतलासी गर्दा घरको बाथरुममा बोराभित्र गाँजा फेला परेको थियो । सो गाँजा १ केजी ५२८ ग्राम रहेको छ । न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार