२०८३ बैशाख ४ गते , शुक्रबार

बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या १९ पुग्यो, १६४ घाइते

sajilo news
एजेन्सी
२०८२ श्रावण ५ गते , सोमबार
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या १९ पुग्यो, १६४ घाइते

बंगलादेशमा वायु सेनाको एफ ७ विमान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । सोमबार सो विमान राजधानी ढाको उत्तरामा माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको  थियो ।

वायु सेना अग्नि नियन्त्रण सेवा तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालका अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको जानकारी दिएका छन् । दुर्घटनामा १६४ जना घाइते भएका छन् । घाइतेहरूको ढाकास्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।  अहिले उद्धारको काम जारी रहेको बीबीसी हिन्दीले जनाएको छ ।

सम्बन्धित समाचार