२०८३ बैशाख ४ गते , शुक्रबार
भारतका उपराष्ट्रपति धनखरले दिए राजीनामा
भारतका उपराष्ट्रपति जगदीप धनखरले राजीनामा दिएका छन्। धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिँदै तत्कालदेखि लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
राजीनामा दिदै धनखर १४औं उपराष्ट्रपतिको रूपमा पाँच वर्षे कार्यकाल अगस्ट १०, २०२७ मा समाप्त हुँदै थियो। पेशाले वकिल धनखर उपराष्ट्रपति निर्वाचित हुनुअघि पश्चिम बंगालका राज्यपाल थिए ।
धनखरको राजीनामा पछि उपराष्ट्रपतिको पदको रिक्तता भर्ने उद्देश्यले नयाँ चुनाव गरिनेछ। यस सम्बन्धी उपराष्ट्रपतिको सचिवालयले पनि जानकारी दिएको छ।