२०८३ बैशाख ४ गते , शुक्रबार

नयाँ दिल्लीमा अवतरण गर्नासाथ एयर इन्डियाको जहाजमा आगलागी

sajilo news
एजेन्सी
२०८२ श्रावण ६ गते , मंगलबार
नयाँ दिल्लीमा अवतरण गर्नासाथ एयर इन्डियाको जहाजमा आगलागी

हङकङबाट नयाँ दिल्ली आएको एउटा विमानमा मंगलबार आगलागी भएको छ । एयर इन्डियाको सो विमानमा अवतरण गर्नासाथ आगो लागेको हो ।

एयर इन्डियाको फ्लाइट ‘एआई ३१५’ अवतरण गरिसकेपछि यात्री ओर्लन थालेपछि अचानक आगो लागेको हो । विमानको सहायक पावर युनिट (एपीयू) मा आगो लागेको बताइएको छ ।

आगो लाग्नासाथ सिस्टमकै डिजाइन अनुसार ‘एपीयू’ बन्द भएपछि ठुलो दुर्घटना हुनबाट जोगिएको अधिकारीहरूको भनाइ छ ।

एयर इन्डियाले घटनाको पुष्टि गर्दै स्थितिलाई तुरुन्तै नियन्त्रणमा लिइएको प्रस्ट पारेको छ । आगलागीबाट विमानमा सामान्य क्षति भए पनि सबै यात्री र चालक दलका सदस्य सुरक्षित रहेको जनाइएको छ ।

सम्बन्धित समाचार