२०८३ बैशाख १० गते , विहीबार

चोरीका सामान बेच्ने र किन्ने दुवै पक्राउ

sajilo news
इलाम
२०८२ श्रावण ७ गते , बुधबार
चोरीका सामान बेच्ने र किन्ने दुवै पक्राउ

इलाममा चोरी गर्ने र चोरीको सामान खरिद गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत दार्जिलिङ सौरेनीका ३१ वर्षीय स्टोफन भन्ने त्रिभुवन भुजेल र इलाम सूर्योदय नगरपालिका ८ बस्ने ३७ वर्षीया कमला मगर रहेका छन् । उनीहरूलाई साउन २ गते पक्राउ गरिएको इलाम प्रहरीले जनाएको छ । प्रहरीले मगरको साथबाट १०.२५ ग्रामको सुनको ढिक्का र विभिन्न दरका नेपाली नगद १४ हजार ५०० रुपैयाँ बरामद गरेको छ ।

गत असार २८ गते दिउँसो १२ः४५ बजे इलाम नगरपालिका वडा नं. ११ सिद्दिथुम्का हुलाक डाँडास्थित मोहनचन्द्र कट्टेलको घरबाट चोरी भएको थियो । घरको मुल ढोकाबाट प्रवेश गरी कोठामा रहेको दराज फोरेर सुन, नगद लगायत अन्य सामानहरू चोरी भएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय इलाममा लिखित निवेदन प्राप्त भएपछि प्रहरीले खोजतलास तथा अनुसन्धान थालेको थियो ।

त्यसक्रममा उक्त सामान चोरी गर्ने भुजेल र चोरीको सामान खरिद गर्ने सूर्योदय नगरपालिका वडा नं. ८ हिमालय टोल बस्ने होटेल सञ्चालिका मगरलाई नियन्त्रणमा लिई मगरको घरकोठा खानतलासी गर्दा चोरीका सामान फेला परेको डीएसपी मानबहादुर राईले बताए । उनले ती दुवैलाई नियन्त्रणमा लिई जिल्ला अदालत इलामबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार